बागमती गाउँपालिकाद्वारा मकवानपुर रिकभरिङ समूहलाई खाद्यान्न सहयोग

साझाकुरा
२०८२ फाल्गुन ६, बुधबार ११:०१

हेटौंडा- मकवानपुरलाई लागूऔषधमुक्त बनाउने अभियानमा सक्रिय मकवानपुर रिकभरिङ समूहलाई बागमती गाउँपालिकाले खाद्यान्न सहयोगगरेको छ ।गाउँपालिका अध्यक्ष सर्केस घलानले समूहको कार्यालयमा पुगेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले चामल, दाल, आलु, चिउरा, बेसार, नुन, प्याज, तेल, चिनी, चिया मसला, धनियाँ, जिरा, साबुनलगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । खाद्यान्न हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष घलानले भने ‘यसअघि पनि मकवानपुर रिकभरिङ समूहको भ्रमण गरिसकेको छु । समूहको वातावरण सकारात्मक र सुधारोन्मुख रहेको छ ।’

‘समूहबाट कुलतमा फसेका व्यक्ति सुधारिएर घर फर्किनुभएको देख्दा निकै खुसी लागेको छ,’ उनले भने । आगामी दिनमा पनि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । गाउँपालिकाले वार्षिक कार्यक्रममा लागूऔषध न्यूनीकरण सम्बन्धी योजना निर्माण तथा कार्यान्वयन गर्ने उनको भनाइ थियो ।वि.सं. २०७० सालमा स्थापना भएको मकवानपुर रिकभरिङ समूहले हालसम्म २ हजार ५ सयभन्दा बढी लागूऔषध प्रयोगकर्तालाई उपचारपछि परिवारमा पुनस्र्थापना गरिसकेको समूहका निर्देशक सन्दिप शाक्यले जानकारी दिए ।हाल समूहमा ६२ जना उपचाररत रहेका छन् । घरपरिवारको सहारा नभएका तथा आर्थिक अवस्था कमजोर भएका प्रयोगकर्तालाई समूहले निःशुल्क सेवा प्रदान गर्दै आएको शाक्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*