मोवाइल खरिद गर्दा स्कुटर उपहार

साझाकुरा
२०८२ फाल्गुन ७, बिहीबार १३:५८

हेटौंड-मोवाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले चाडपर्वलक्षित उपहार कार्यक्रमको प्रथम पुरस्कार स्कुटर बुधबार हस्तान्तरण गरिएको छ । प्रथम पुरस्कार स्कुटर बिजेता थाहा नगरपालिका वडा नं ३ कि अस्मिता मोक्तान थिइन् । थाहानगरको परिचित मोवाइल पसल गणेश मोवाइल सेन्टरबाट मोवाइल खरिद गरी स्कुटर उपहार लक्कि ड्रमार्फत मुक्तानलाई परेको थियो । थाहा–३ शिखरकोटको गणेश मोवाइल सेन्टरको प्रांगणमा हस्तान्तरण कार्यक्रमबीच बिजेतालाई स्कुटर उपहार गणेश मोवाइल सेन्टरका सञ्चालक गणेश बिष्टले हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा स्थानीय मोवाइल व्यवसायीहरु, म्यान मकवानपुर, उत्तरी शाखाका पदाधिकारीलगायत स्थानीयको उपस्थिति रहेको थियो । गणेश मोवाइल सेन्टर बिगत १२ वर्षदेखि थाहानगरको शिखरकोटबाट ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*