ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

साझाकुरा
२०८२ फाल्गुन १४, बिहीबार १२:५८

हेटौंडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय सञ्जित स्याङतान र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल पठाइएमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक पुस्कर बोगटीले जानकारी दिएका छन् ।

हेटौंडा बजारबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाइ नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रकले बस्तीपुरमा ठक्कर दिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । दुर्घटनापछि फरार भएको ट्रकलाई पर्सा वीरगञ्ज महानगरपालिका–१३ प्रतिमाचोक स्थित ग्यारेजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रकचालक बारा जीतपुरसिमरा उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय अनिल साह फरार रहेका छन् । साहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*