होलीमा अत्यावश्यकबाहेक अन्य काममा सवारीसाधन नचलाउन प्रजिअको आग्रह

विगतझैं खुल्लमखुल्ला होली नखेल्न अनुरोध
साझाकुरा
२०८२ फाल्गुन १८, सोमबार १३:३६

हेटौंडा-मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होलीपर्वका बेला अत्यावश्यक बाहेक अन्य काममा सवारीसाधन नचलाउन आग्रहगरेका छन् ।उनले होली तथा आगामी निर्वाचनका लागि अपनाइएकोसुरक्षा व्यवस्थाबारे जानकारी दिँदै यस्तो आग्रह गरेका हुन् । प्रजिअ अधिकारीले सवारी चलाउनै परेमा ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिए । विशेषगरी, होली खेल्नकै लागि सवारीसाधन चलाउन रोक लगाइएको उनले स्पष्ट पारेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा होली परेकाले शान्तिसुरक्षामा कुनै असर नपुगोस् भन्ने उद्देश्यले यसवर्ष होलीपर्वमा कडाइ गरिएको प्रजिअ अधिकारीले बताए । विगतका वर्षझैं खुल्लमखुल्ला होली नखेल्न आग्रह गर्दै उनले यसपटक घरको कम्पाउन्डभित्र मात्रै होली मनाउन अनुरोध गरेका छन् ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सार्वजनिकस्थलमा होली कार्यक्रम गर्न रोक लगाइएको बताउँदै प्रायोजक तथा कलाकारलाई समेत होली कार्यक्रम नगर्न निर्देशन दिइएको प्रजिअ अधिकारीले जानकारी दिएका छन् । ‘मदिराका कारण झगडा र दुर्घटना बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न आजैबाट प्रहरी परिचालन गरिएको छ’ उनले भने, ‘सार्वजनिकस्थानमा ठुलो आवाजमा डिजे बजाउन, पानीका फोहोरा फाल्न र ठुलो समूहमा जम्मा भएर होहल्ला गर्न समेत रोक लगाइएको छ । गतवर्षमा हेटौंडाको संगमचोक, बुद्धचोक, सीमाचोक, हुप्राचौरलगायतका स्थानमा हुने भिडभाडलाई यसपटक पूर्णरुपमा नियन्त्रण गरिनेछ ।’

निर्वाचनको पूर्वतयारी स्वरुप फागुन १४ गतेदेखि नै मदिरा बिक्रीवितरणमा रोक लगाइएको उनले बताए । मदिरा बिक्रीवितरण तथा सेवनमा लगाइएको प्रतिबन्ध सबैले पालना गर्न र गराउन उनले आग्रह गरे । सबै नागरिकको सहयोग रहेमा मात्रै निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने भएकाले तोकिएका नियम पालना गर्न सबै पक्षलाई आग्रह गरिएको छ । ‘अहिले हाम्रो मुख्य उत्सव भनेकै निर्वाचन हो । पहिले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरौँ । रमाइलो र पिकनिक त चुनावपछि पनि गर्न सकिन्छ । उच्छृंखल गतिविधि गर्ने र प्रशासनको आग्रहलाई अवज्ञा गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइने छ,’ प्रजिअ अधिकारीले भने ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ र १५ गते सूचना जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादितरुपमा होलीपर्व मनाउन आग्रह गरेको थियो । फागुपूर्णिमा अर्थात रंङ्हरुको पर्व होली, पहाडी जिल्लामा मनाइँदै छ । पहाडी जिल्लामा आजै होली पर्व मनाइने भएपनि तराईका जिल्लामा भने भोलि (मंगलबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्लअष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । स्थानअनुसार मनाइने होलीको नाम पनि फरकफरक छ । हिमाली र पहाडीभेगमा खासगरी ‘फागुपूर्णिमा’ र तराई मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

तराईमधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होलीपर्व मनाइने चलन भएपनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होलीपर्व मनाइने गरिएको छ । सबैलाई एउटै रंगमा रंगाउने होलीपर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, म·ोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यसपर्वले सबैको मनमा उम· एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होलीपर्व मनाउने गरिन्छ ।

होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रंग हालेर एक अर्कालाई र·िन बनाउछन् । होलीपर्व मनाउनुको कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् ।’ यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होलीपर्व घरपरिवार साथीभाइ आपसमा रङमा र·िएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरुका हूल तथा जत्था हातमा रङ र र·ीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उम·कासाथ मनाइने र·ीन पर्वको रुपमा लिइन्छ । त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा मदनकुमार रिमाल पहाड र तराईमा २ दिन होली मनाउनुको विशेष महत्व रहेको बताउँछन् । मिथिला संस्कृतिमा हुर्किएका रिमाल मिथिला क्षेत्रमा फागुपूर्णिमाको दिन विशेष मेला लाग्ने र हजारौं जनाको उपस्थिति हुने भएकोले सोको भोलिपल्ट होली मनाउने गरिएको बताउँछन् ।

मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुरलगायत देवालयमा विशेष मेला लाग्ने गर्छ । धार्मिक ग्रन्थहरुमा फागुपूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भएपनि यो सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रुपमा विकास भइसकेको छ । हिन्दू धर्मअन्तर्गत् मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एकदिने पर्वको रुपमा उल्लेख गरेको छ । यो ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ । रिमालका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ ।

अर्काेतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होलीपर्व मनाउने गरिएको हुन सक्छ । साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुनसक्ने उनी बताउँछन् ।‘होली परिवार र साथी भाइका बीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति बन्यो ।’ रिमालले भने ‘यो हामीले थाहा पाउँदादेखि नै २ दिन मनाउने चलन थियो । पछि यही आधारमा सरकारले बिदा समेत २ दिन दिन थालेपछि झनै यो २ दिने पर्वको रुपमा विकास भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*