प्रेस काउन्सिललाई पत्रकार महासंघले भन्यो : महिलाद्वारा सञ्चालित मिडियालाई वर्गीकरणमा प्राथमिकता दिइयोस्
हेटौंडा- नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारले संचालन गरेका मिडियालाई वर्गीकरणमा प्राथमिकता दिन प्रेस काउन्सिल नेपालसँग आग्रह गरेकी छिन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व विषयक अन्तरक्रियामा उनले यो आग्रह गरेकी हुन् । अध्यक्ष शर्माले नीति निर्माणको तहमा लंैगिकमैत्री दृष्टिकोण राख्नेहरु भएमात्रै महिला पत्रकारमैत्री वातावरण बन्नसक्ने अवस्था रहेको बताइन् । उनले महिला पत्रकार सुरक्षित इकोसिष्टमका लागि उनीहरुको घरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । महिला पत्रकारलाई काम गर्ने वातावरण बनाउने काममा उनीहरुको घरले विशेष भूमिका खेल्नुपर्ने अध्यक्ष शर्माको भनाई थियो ।
नेपालको पत्रकारितामा डिजिटल प्लेटफर्मको विकास भएको उल्लेख गर्दै उनले सञ्चारकर्मीलाई सोहीअनुसार तालिमको व्यवस्था गर्ने काममा विशेष जोड दिनुपर्ने बताइन् । अध्यक्ष शर्माले भनिन्, ‘स्वरोजगारमूलक मिडिया चलाउने महिलाका लागि मैले यो पत्रपत्रिका वर्गीकरणमा महिलाले चलाउने मिडियामा केही इन्सेन्टिभ दिन सकियो भने गरौ है भनेर सुझाव दिइरहेको छु । तर, सधैभरि हामी ती कमिटीमा त हुँदैनौ । जेन्डरमैत्री ढंगले हेर्नेहरु पोलिसी मेकिङमा भयो भने त्यो काम हुँदो रहेछ । महिला र पुरुषको पनि निर्मला शर्मालाई पत्रकार महासंघमा ल्याउन योगदान रह्यो । घरबाटै महिला पत्रकारलाई इन्करेज गर्नुप¥यो ।’ अध्यक्ष शर्माले नेपालमा पुरुष भन्दा पनि महिला पत्रकार क्षमतावान भएको दाबी गरिन् ।







