गाँजा सहित २ जना पक्राउ

साझाकुरा
२०८२ फाल्गुन २७, बुधबार ११:४३

हेटौंडा, २६ फागुन÷मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार मनहरी गाउँपालिका–८, सिमपानीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीटोलीले देउकोटबाट सिमपानीतर्फ जाँदै गरेको बा प्र ०३–००१ ह २०७६ नम्बरको अटोबाट गाँजा फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीले गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तसिंह लामा र राक्सिराङ–२ का ३० वर्षीय सन्तवीर मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले १० वटा पोकामा एकसय ७ किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । अटोसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*