हेटौंडा बचतको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार

साझाकुरा
२०८२ चैत्र १६, सोमबार १३:११

हेटौंडा-हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ ।संस्थाको मुख्य कार्यालय हेटौंडा–७ नागस्वतीमा आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक वीरेन्द्रप्रसाद ढुंगानाले सपथग्रहण गराएका हुन् । अध्यक्षमा निर्वाचित राजु वाइबाले पदभारग्रहण गर्दै संस्थाको साख अझ उचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारीलाई पारदर्शी, विश्वसनीय र सदस्यमुखी बनाउनेतर्फ आफ्नो कार्यकाल केन्द्रित गर्ने बताएका छन् ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा खडानन्द चौलागाई, सचिवमा युवराज गौतम र कोषाध्यक्षमा मोनिका पौडेल रहेका छन् । यस्तै सदस्यमा अम्बिका कार्की, धु्रबकृष्ण कुँवर, उर्मिला चौलागाई, सरस्वती थापा र बिजयता सापकोटा रहेका छन् । लेखासमिति संयोजकमा विष्णुप्रसाद अर्जेल निर्वाचित हुँदा सदस्यमा सौरभ अधिकारी र कुसुम रिजाल रहेका छन् । ऋण उपसमितिका सदस्यमा कृष्णप्रसाद दाहाल र भक्तबहादुर केसी रहेका छन् । कार्यक्रममा प्रमुखअतिथि वडाअध्यक्ष गौतमले सहकारी संस्था स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएकाले पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्न सुझाव दिएका छन् । संस्थाको २५ वर्षे इतिहासमा पहिलोपटक निर्वाचनमार्फत् नेतृत्व चयन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*