कुपोषण पहिचानका लागि राष्ट्रिय पोषण लेखाजोखा अभियान

साझाकुरा
२०८३ बैशाख १५, मंगलवार ११:४५

हेटौंडा- सरकारले देशैभर ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाको पोषण सुधारका लागि देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्न लागेको हो ।मन्त्रालयले सूचना जारी गर्दै ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषणअवस्था जाँचगरी कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालनमा गर्न लागेको जानकारी दिएको छ । अभियान ‘समयमै पहिचान, सही उपचार, कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । मन्त्रालयकाअनुसार अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्यभागको घेरा (एमयुएसी) नापेर पोषण अवस्था मूल्यांकन गरिँदैछ ।

जाँचकाक्रममा कुपोषण देखिएका बालबालिकालाई बहिर· उपचार केन्द्रमार्फत तयारी उपचारात्मक खाना निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ । अभियानले कुपोषणको जोखिममा रहेका बालबालिकाको समयमै उपचार सुनिश्चित गर्ने तथा दीर्घकालीन स्वास्थ्य समस्या न्युनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । मन्त्रालयले बालबालिकाको नियमित पोषण जाँच गराई कुपोषणबाट जोगाउन अभिभावकलाई अभियानमा सहभागिता जनाउन अनुरोध गरेको छ । अभियान स्वास्थ्य संस्था, खोपकेन्द्र सामुदायिक क्लिनिक, वडा कार्यालय र सामुदायिक भवन, प्रारम्भिक बालविकास केन्द्रबाट सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*