जेनिथमा शिक्षकका लागि प्रशिक्षण

साझाकुरा
२०८३ बैशाख १५, मंगलवार ११:५६

हेटौंडा- हेटौंडा–५ स्थित जेनिथ सेकेन्डरी स्कुल सिटी कलेजले शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका ३० जना शिक्षकको सहभागिता रहेको थियो । प्रमुख प्रशिक्षककारुपमा टीकाराम पोखरेल (पीएचडी) ले सहजीकरण गरेका थिए । उनले शिक्षण–सिकाइ प्रक्रियालाई विद्यार्थीमैत्री, व्यवहारिक र परिणाममुखी बनाउन आवश्यक विभिन्न विधि तथा सीपबारे प्रशिक्षण दिए । कार्यक्रममा विशेषगरी कक्षाकोठामा प्रभावकारी प्रस्तुति, विद्यार्थीको मनोविज्ञान बुझ्ने तरिका, कमजोर विद्यार्थीलाई सिकाइमा समेट्ने उपायमा केन्द्रित अभ्यास गरिएको थियो ।

सहभागी शिक्षकले प्रशिक्षणबाट सिकेका सीपलाई दैनिक शिक्षणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकको दक्षता अपरिहार्य रहेको बताउँदै यस्ता प्रशिक्षणले शिक्षण पद्दतिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनकाअनुसार, हेटौंडाको सिटी कलेजको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमले विद्यालयको शैक्षिकस्तर उकास्न थप टेवापुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*