‘राज्यले आतंक सिर्जना गरेर नागरिकको घर भत्काउन मिल्दैन’: हेटौंडाको सिमलटार पुगेर साम्पाङले भने : ‘म साथमा छु’
हेटौंडा- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा आपूm रहेको बताएका छन् ।शनिबार हेटौंडा–११ थानाभ¥याङस्थित सुकुम्बासी बस्तीमा पुगेका उनले सरकार सुकुम्बासीको पक्ष नरहे पनि आपूm र आफ्नो पार्टी सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा सदैव रहेको जिकिर गरे । संविधानले नै सबै नागरिकलाई बास बस्न पाउने मौलिकअधिकार दिएको उल्लेख गर्दै अध्यक्ष राईले राज्यले आतंक सिर्जना गरेर नागरिकको घर भत्काउन नमिल्ने बताए । सुकुम्बासी र अव्यवस्थितरुपमा बसोवास गर्दै आएका मानिसको समस्या हल गर्ने, उनीहरुलाई बिस्तापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्न नहुने उनले बताए ।
‘सबै जनताले बाँच्न पाउनुपर्छ किनकी मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकारभित्र पर्छ । त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौं ।’ अध्यक्ष राईले भने । जनतालाई बेघर बनाउन सरकारको निरङकुश कदमविरुद्ध मेचीदेखि महाकालीसम्म जनता एकजुट हुनुपर्ने उनको भनाई छ । अध्यक्ष राईले जनतालाई बेघर बनाउन नहुने एजेण्डा संसद्को पहिलो बैठकमै प्रस्तुत गरेको बताए । सरकारले गरेका कामको मूल्याङकन गरीखराब कामको सवालमा खबरदारी गर्दै आइरहेको उनले उल्लेख गरे ।
अध्यक्ष राईले नेपाली जनताको बाच्न पाउने अधिकारलाई सुनिश्चित्त गर्न सदनदेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष राईलाई नेपाल बसोबास संरक्षण समाज मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमनले सुकुम्बासीको समस्याबारे जानकारी गराएका थिए ।
मकवानपुरमा २८ हजार भन्दा बढी सुकुम्बासी
नापी कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा २८ हजार भन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । उनीहरुले भूमिहिन दलित सुकुम्बासी समस्या समाधान आयोगसमक्ष निवेदन दिएका छन् । निवेदन दर्ता गरेकामध्ये भूमिहिन दलित ४७१ जना रहेका छन् भने भूमिहिन सुकुम्बासी ३ हजार ५८९ र अव्यवस्थित बसोबासीको संख्या २४ हजार ७३७ जना रहेको कार्यालयका प्रमुख महेश्वर कार्कीले जानकारी दिए ।
उनकाअनुसार हेटौंडा उपमहानगरपालिकामा ६ हजार १२४ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन् । जसमा भूमिहीन दलित २३६, भूमिहीन सुकुम्बासी १ हजार ८५१ र अव्यवस्थित बसोबासी ४ हजार ३७ जना रहेका छन् । बागमती गाउँपालिकामा २ हजार २०८ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन् । जसमा ३४ जना भूमिहीन दलित, २८३ जना भूमिहीन सुकुम्बासी र १ हजार ८९५ जना अव्यवस्थित बसोबासीरहेका छन् ।
बकैया गाउँपालिकामा ८ हजार ८१३ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये भूमिहीन दलित ४४ जना रहेका छन् । भूमिहीन सुकुम्बासीको संख्या ३२८ रहेको छ भने ८ हजार ४४१ जना अव्यवस्थित बसोबासी रहेका छन् । भीमफेदी गाउँपालिकामा रहेका ७७२ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये ४५ जना भूमिहीन दलित रहेका छन् भने ३३१ जना भूमिहीन सुकुम्बासी र ३९६ जना अव्यवस्थित बसोबासी रहेका छन् । इन्द्रसरोवर गाउँपालिकामा रहेका १३५ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये ५ जना भूमिहीन सुकुम्बासी रहेका छन् भने १३० जना अव्यवस्थित बसोबासी रहेका छन् ।
कैलाश गाउँपालिकामा ५४२ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । जसमध्ये भूमिहीन दलित ६ जना, भूमिहीन सुकुम्बासी ६७ र ४६९ जना अव्यवस्थित बसोबासी रहेका छन् । मकवानपुुरगढी गाउँपालिकामा रहेका २४३ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये २ जना दलित, ४१ जना सुकुम्बासी र २०० जना अव्यवस्थित बसोबासी रहेका छन् । मनहरी गाउँपालिकामा रहेका ८ हजार ३३५ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये १०१ दलित रहेका छन् ।
६१५ जना सुुकुम्बासी र ७ जहार ६१९ जना अव्यवस्थित बसोबासी रहेका छन् । राक्सिराङ गाउँपालिकामा भूमिहीन दलित १ जना, सुकुम्बासी २९ र ३०१ जना अव्यवस्थित बसोबासी गरी ३३१ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । थाहा नगरपालिकामा १ हजार २९४ जना भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । जसमा ३ जना दलित, ३९ जना सुकुम्बासी र १ हजार २५२ जना अव्यवस्थित बसोबासी रहेका छन् ।







