निजगढ नगरपालिकामा ११ स्थानमा निशुल्क आँखा शिविर :२० जनाको निःशुल्क शल्यक्रिया

साझाकुरा
२०८३ बैशाख २५, शुक्रबार ११:३९

हेटौंडा- निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बीच निजगढ नगरपालिकामा मोतिवन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार कार्यक्रम अनुसार हालसम्म ११ स्थानमा निशुल्क आँखा शिविर आयोजना गरिएको छ । नगरपालिकाको विभिन्न स्थानमा वैशाख ११ गतेदेखि संचालित कार्यक्रममा ८ सय २४ जनाको निशुल्क आँखा परीक्षण गरिएको हो । हालसम्म ८४ जनामा मोतिविन्दु भेटिएको छ । मोतिविन्दु भएका बिरामीको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार हालसम्म २१ जनाको निशुल्क मोतिविन्दुको शल्यक्रिया भइसकेको छ ।

आँखा अस्पताल प्रमुख डा. विष्णुहरि मरहठ्ठाले शिविरमा मोतिविन्दु, जलविन्दु, दृष्टिदोष, आँखाका एलर्जी लगायत बिरामी आँखा जाँच गर्न आएको बताए । मधुमेह तथाउच्च रक्तचाप भएका बिरामीको आँखा थप परीक्षण गर्न अस्पतालमा बोलाइएको डा.मरहठ्ठाले बताए । निजगढ नगरापलिका प्रमुख सुरथ पुरीले निजगढबासीले यो महत्वपूर्ण कार्यक्रमको धेरै भन्दा धेरै फाइदा लिन र यो सम्बन्धी सूचना सम्प्रेषण गर्न नगरपालिका बिभिन्न निकायलाई निर्देशन दिए ।

कार्यक्रमअनुसार हालसम्म पचास प्रतिशत स्थानमा निशुल्क आँखा शिविर आयोजना भइसकेको बाँकी स्थानमा पनि कार्यक्रम नियमितरुपमा भइरहेकोले यसलाई सम्पूर्ण नगरवासीको समन्वयमा आँखाका कुनै बिरामी जाँच गर्न नछुट्ने वातावरण बनाउन अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले आग्रहगरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*