विपन्न तथा एकल महिलालाई कपुरकोट जातको अदुवाको बीउ वितरण
हेटौंडा-हेटौंडा–१ घ्यानसिङटारका एकल, विपन्न तथा सीमान्तकृत महिलालाई कपुरकोट जातको अदुवाको बीउ वितरण गरिएको छ । शनिबार मानवअधिकारका लागि महिला एकल महिला समूहको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाको आर्थिक सहयोगमा १० परिवारलाई बीउ वितरण गरिएको हो । समूहकी अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहा नगरपालिका–१ का वडाअध्यक्ष सविन न्यौपाने प्रमुख अतिथिकारुपमा उपस्थित थिए । कार्यक्रममा वडासदस्य इश्वरी रसाइली, रामकृष्ण अधिकारी, सोनामसिंह लामा, कार्यसमितिलगायत स्थानीयवासीको सहभागिता थियो ।
कार्यक्रममा अध्यक्ष चौलागाईंले अघिल्लो वर्ष अदुवा खेतीबाट राम्रो आम्दानी भएपछि यसवर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताइन् । वडाअध्यक्ष न्यौपानेले महिलालाई जीविकोपार्जनमा सहयोग पु¥याउने तथा आयस्रोत वृद्धि गर्ने उद्देश्यले बीउ वितरण गरिएको जानकारी दिए । कार्यक्रममा प्राविधिक अमित साउतले कपुरकोट जातको अदुवा नेपालको माटोका लागि उपयुक्त र अनुसन्धान बाट उत्कृष्ट सावित भएको बताए ।







