रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न

साझाकुरा
२०८३ बैशाख २७, आईतवार ०९:३५

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । नगरसभापति जयराम केसीको सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ वडा कार्यसमिति चयन गरेको हो ।अधिवेशनबाट दीपेन्द्र घिमिरे वडासभापति चयन भएका छन् । त्यसैगरी उपसभापतिमा संगम बस्नेत र सचिवमा विजेन्द्र थापा चयन भएका छन् । नवनिर्वाचित सदस्यमा नातिकाजी आलेमगर, मेनुका थापा, प्रमिला कार्की, विजया लामा, भुपालकुमार लामा, सञ्जीव श्रेष्ठ तथा मनोज थापा रहेका छन् ।

प्रमुख सल्लाहकारमा विकेशबाबु बस्नेत चयन भएका छन् भने सल्लाहकारमा कान्छाराम स्याङतान र सुसान्त लो रहेका छन् । अधिवेशनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताले संगठन विस्तार, जनताको मुद्दालाई प्राथमिकतामा राख्दै वडास्तरबाटै सक्रियरुपमा कामगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*