खैरोहेरोइनसहित दुई युवक पक्राउ
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० स्थित बलराम दास पेट्रोल पम्प अगाडिबाट प्रहरीले खैरोहेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बेलुका गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रोकिराखेका दुई मोटरसाइकलमा सवार व्यक्तिलाई जाँच गर्दा लागूऔषध फेला परेको हो । प्रहरीकाअनुसार बा.प्र.०२–०४६ प ६९८३ नम्बरको केटीएम ड्यूक र बा.प्र.०३–००५ प ५०१८ नम्बरको क्रसफायर मोटरसाइकलमा रहेका हेटौंडा–८ निवासी २५ वर्षीय विशाल देउला र राक्सिराङ गाउँपालिका–३ निवासी २२ वर्षीय प्रतीक ठकुरीलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुको साथबाट ३७० मिलिग्राम खैरोहेरोइन बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागूऔषधसहित दुवैजनालाई पक्राउ गरी लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । यस सम्बन्धमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







