समयमै दूधको भूक्तानी हुनु पर्ने चौघडाका किसानको माग

साझाकुरा
२०८३ जेष्ठ १७, आईतवार १५:५५

हेटौँडा- हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका दुग्ध उत्पादक किसानहरुले दूधको भुक्तानी समयमै हुनु पर्ने बताएका छन् ।बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाद्वारा आयोजित अध्ययन अवलोकन भ्रमणको समिक्षा तथा संस्थाको भावी कार्यक्रममा सहभागी दुग्ध उत्पादक किसानहरुले समयमै दूधको भुक्तानी नहुदा घरपरिवार सञ्चालन गर्न र छोराछोरीहरुलाई पढाउन समेत कठिनाई परेको गुनासो गरे ।किसानहरुले संस्थाबाट समयमै पशु आहारको उपलब्धता, पशुको विमा, औषधि, उपचार, बचत तथा ऋणको कारोवारलाई अझ ब्यवस्थित गर्न माग गरे ।

संस्थाले सरोकारवालाहरुसंग समन्वय गरि घासको ब्यवस्थापन, दुग्धजन्य पदार्थ विक्री वितरणको ब्यवस्था, कार्यालय, ब्यवस्थापन, पशुहरुमा लाग्ने विभिन्न प्रकारको रोगको समयमै उपचारको ब्यवस्था, संस्था सरसफाइमा विशेष ध्यान दिन समूहगत रुपमा सुझाव दिएका थिए ।संस्थाका संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देलको प्रमुख आतिथयता एवम् संस्थाका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार बासुदेव अधिकारी, बचत उपसमिति सदस्य गोपालचन्द्र भट्टराई, सञ्चारकर्मी भीमसेन पौडेल, सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो । संस्थामा ३ सय ३० जना शेयर सदस्य र ५ सय ६५ जना रहेको ब्यवस्थापक लक्ष्मण सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*