उपमहानगरले खोल्यो छात्रवृत्ति फर्म

साझाकुरा
२०८३ जेष्ठ २१, बिहीबार १२:३२

हेटौंडा-नगरवासीले सहजरुपमा शैक्षिक गतिविधिमा सहभागी गराउनका लागि हेटौंडा उपमहानगरले छात्रवृत्तिको लागि आवेदन खुला गरेको छ ।नगरभित्र रहेका सावर्जनिक शैक्षिक सस्थाको माध्यमिक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै बुधबारबट छात्रवृत्तिको आवेदन खुल्ला गरीएको हो । माध्यमिक तह (कक्षा ११ र १२) सञ्चालन भएका विद्यालयमा शैक्षिक सत्र २०८३÷८४ का लागि छात्रवृत्ति परीक्षाको फर्म अनलाईनमार्फत भर्न सकिने छ ।

२०८२ सालको एसईई परिक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीले जेठ २० देखि २७ गतेसम्म अनलाइनमार्फत फर्म भर्नसक्ने व्यवस्था मिलाइएको उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ । आवेदनपछि उपमहानगरले परीक्षामार्फत छात्रवृत्तिको व्यवस्था गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*