हेटौंडाको नगरसभा असार ७ गते

साझाकुरा
२०८३ जेष्ठ २०, बुधबार १२:३७

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले असार ७ गते आइतबार नगरसभा बोलाउने भएको छ । उपमहानगर कार्यपालिकाको ८३ औं बैठकले असार ७ गते १९ औं नगर अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८२÷८३ को हालसम्म कुल अनुमानित आयतर्फ संघीय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत गरी १ अर्ब ७८ करोड २३ लाख ६६ हजार रुपैयाँ अर्थात ६०.७२ प्रतिशत आम्दानी भएको र व्ययतर्फ १ अर्ब २७ करोड ३६ लाख ७९ हजार अर्थात ४३.३९ प्रतिशत खर्च भएको जनाएको छ । यसअघिको बैशाख गतेको ८२ औं नगर कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयनका सम्बन्धमा समीक्षा गर्दै बाँकी काम शीघ्र कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरिएको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*