मउवा संघको अध्यक्षमा कृष्ण अग्रवालको जित

साझाकुरा
२०७८ कार्तिक १०, बुधबार १४:०४

हेटौंडा–मकवानपुर उद्योग वाणिज्य संघमा कृष्णकुमार गुप्ता (अग्रवाल)ले विजय हासिल गरेका छन् । संघका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई ९१ मतले पराजित गर्दै अग्रवाल विजयी भएका हुन् ।

अग्रवालले एक हजार २ सय ४६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी न्यौपानेले १ हजार १ सय ५५ मत मात्रै पाए ।

संघको ५४ र ५५ औं साधारणसभा तथा अधिवेशनबाट अग्रवाल तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साधारणसभा गत आइतबारबाट ९ कार्तिकसम्म भएको थियो ।

अग्रवालले प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भए । अग्रवालले न्यौपाने प्यानलका रामप्रसाद न्यौपानेलाई र रानाभाटले प्रतिमा श्रेष्ठलाई हराएका थिए ।

न्यौपाने प्यानलबाट बस्तुगत उपाध्यक्षमा राजु अधिकारी र एशोसिएट उपाध्यक्षमा उज्वल चौलागाईंले जितेका छन् । अधिकारीले गुप्ता प्यानलका काव्यमणि अधिकारी र चौलागाईंले विष्णु खनाललाई पराजित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*