वक्तृत्वकलामा सुनगाभाकी आहान प्रथम

साझाकुरा
२०८३ जेष्ठ २९, शुक्रबार १२:३३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका ६ नं वडा कार्यालयको आयोजना र हेटौंडा स्वास्थ्यचौकी चौघडाको ब्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी आहान श्रेष्ठ प्रथम भएकी छिन् ।वडाअध्यक्ष जनता घरदैलो कार्यक्रमअन्तर्गत ‘भविष्यको डाक्टर म’ विषयक वक्तृत्वकला प्रतियोगितामा मुनलाईट ईन्टरनेशनल स्कुलकी दृश्याम पौडेल द्वितीय र बंशगोपाल माध्यमिक विधालयकि सृष्टि गौतम तृतीय भएका छिन् ।

प्रतियोगितामा ६ नं वडामा रहेका ५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता थियो । प्रतियोगितामा टिएन ढुङेल, केशव तिमल्सिना र केदार लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।हेटौंडा उपमहानगरपालिका ६ नं वडाअध्यक्ष विष्णु बहादुर दाहालको प्रमुखआतिथ्यता एवम् वडा सदस्य विजय पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको होे ।कार्यक्रममा वडासदस्य सरिता सापकोटा, वडासचिव सीताराम अर्याल, टोल विकास संस्था वडासमन्वय समिति हेटौंडा ६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुँयाल, शिक्षक, शिक्षिका, विद्यार्थी, महिला स्वास्थ्य स्वयमसेविका, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*