थाहामा शैक्षिक सामग्री वितरण

साझाकुरा
२०८३ जेष्ठ २९, शुक्रबार १२:१४

हेटौंडा-थाहा नगरपालिकाले अपा·ता भएका विद्यार्थीको शिक्षामा सहयोग पु¥याउने उद्देश्यसहित शैक्षिक सामग्री वितरण गरेको छ । लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिँदै नगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत अपा·ता भएका बालबालिकालाई झोला, कापी र कलम वितरण गरेको जनाएको छ । समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) कार्यक्रम अन्तर्गत् थाहा नगरपालिका महिला, बालबालिका, ज्येष्ठनागरिक तथा अपा· परिचयपत्र वितरण शाखा र मकवानपुर अपा· उत्थान समाज, हेटौंडाको संयुक्त आयोजनामा नगरका २७ वटा विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

बिहीबार विकासघरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शाखाप्रमुख प्रतिमा मोक्तानले थाहा नगरपालिका सामाजिक विकास समितिको निर्णयअनुसार नगरका २७ वटा विद्यालयमा अध्ययनरत अपा·ता भएका विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराइएको जानकारी दिए । उनले अपा·ता भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार र विद्यालयमा निरन्तरता कायम राख्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुखअतिथि तथा थाहा नगरपालिका–३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले अपा·ता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व रहेको बताए ।

उनले आवश्यक शैक्षिक सामग्री, सहयोग र अवसर उपलब्ध गराउँदै उनीहरुलाई आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । थाहानगर अपा· सरोकार समितिका संयोजक मनलाल गोपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मकवानपुर अपा· उत्थान समाजका अध्यक्ष राम थापा, महिला, बालबालिका तथा अपा· शाखाप्रमुख मोक्तान, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधान, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*