निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार

साझाकुरा
२०७८ कार्तिक १४, आईतवार १५:०४

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ । तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिए ।

उनका अनुसार निःशुल्क आँखा शिविरका साथै त्यहाँ आयोजना गरिएको कान शिविरबाट २०० को समेत उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले उक्त आँखा र कानको जाँच गर्रेकाथिए । यसैबीच निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया विन्द भएकालाई निःशुल्क शल्यक्रियासमेत गरिने आयोजनक संस्थाले जनाएको छ ।(रासस)
–––

यसमा तपाइको मत

Your email address will not be published.


*