दुईदिन लाइन जाने

साझाकुरा
२०७८ कार्तिक १५, सोमबार ०८:१८

हेटौंडा/ हेटौंडा सहित मनहरी र राक्सिराङ र कैलाशको विभिन्न स्थानमा आइतबार र सोमबार दुई दिन विद्युत कटौती हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा देखी मनहरी गाउँपालिकाको लोथरसम्म र राक्सिराङको चैनपुर, कैलाश वडा नम्बर ४ पञ्जनी, देवीटार काँडालगायतका स्थानमा दुई दिन विद्युत आपुर्ति बन्द हुने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ । फिडर अन्तर्गतका हेटौंडा–भरतपुर– बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाको टावर नं एपी १०.० डिडि टाइप टावरको तार तन्काउने काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*