दीपावली तथा छठ पर्वको अवसरमा निर्माण व्यवसायी संघ मकवानपुरको शुभकामना
दीपावली तथा छठ पर्वको अवसरमा निर्माण व्यवसायी संघ मकवानपुरले शुभकामना आदानप्रदान गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो । संघका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, नेकपा एमाले मकवानपुर अध्यक्ष बद्री प्रसाद लम्साल, कांग्रेस जिल्ला सचिव बुद्ध लामा, निर्माण व्यवसायी संघका सल्लाहकार, पदाधिकारी, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्य समितिलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।







