‘भारतलाई विकासको साझेदार बनाउन सक्नुपर्छ
’हेटौंडा/नेपालको आर्थिक विकासको सवालमा नेपाल भारतबीच साझा अवधारण विषयमा सोमबार हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल गरिएको छ । नेपाल भारत मानव विकास एवम् मैत्री संघका प्रमुख सूर्य भुसालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया एवं छलफल गरेका हुन् । कार्यक्रममा प्रमुख भुसालले भारत र नेपालबीच विकासका साझा अवधारणाहरु क–के हुन सक्छन् तिनको पहिचान गरि आ–आफ्नो क्षेत्रबाट तिनलाई उजागर गर्नुपर्ने बताए ।
छफलका क्रममा नेपालको विकासमा भारतलाई सामान्य छिमेकी मात्र नभई साझेदार मित्रका रुपमा लिएर जानुपर्नेमा जोड दिइएको थियो । नेपालले भारतसँगको सम्बन्धलाई बिगतमा राजनितिक परिवर्तनको एउटा हिस्सा मानेपनि अब सामाजिक र आर्थिक परिवर्तनको हिस्सेदार मान्नुपर्नेमा भुसालले जोड दिए । उनले भारतले नेपालको लागी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, उर्जा, कृषि, पर्यापर्यटन, जस्ता क्षेत्रका विकासमा सहयोगी भूमिका खेल्नसक्ने भएकाले हामीले त्यसका बारेमा सोच्ने बेला आएको बताए ।
उनले विगतमा जस्तै अहिलेपनि नेपाली राजनितिक दलका नेताहरु सरकार बनाउन सहयोग माग्ने, पार्टीको प्रमुख बनाईदिन आग्रह गर्न दिल्ली पुग्ने गरेको आरोप लगाए । प्रमुख भुसालले अब भारतलाई नेपालको राजनिती भन्दा बाहिर निकालेर आर्थिक सामाजिक परिवर्तनका लागी उपयोग गर्नुपर्ने बताए । उनले यसको लागी नेपालका राजनितीक दलका नेताहरु निजि स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।
भारतले नेपालको विकासको लागि खर्बौ रकम सहयोग गरेपनि धेरै आयोजनाहरु नेपाली राजनीतिको कारण अलपत्र परेको उनको दाबी छ । उनले नेपालको बिकासको आवश्यकतामा भारतलाई दुस्मनको दृष्टिले नभइ मित्रको दृष्टिले हेर्नुपर्ने उनको भनाइ थियो । उनले नेपाल र भारत अभिन्न छिमेकी मुलक भएकाले नेपालको शत्रु भारतको मित्र र नेपालको शत्रु भारतको मित्र हुनै नसक्ने ठोकुवा गरे । उनले नेपालको विकासले भारतलाई नै फाइदा पुग्ने भएकोले भारत नेपालको विकास चाहँदैन भन्नु गलत हुने दावी गरे ।







