हेटौंडामा बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले जलाए बस

साझाकुरा
२०७८ कार्तिक २१, आईतवार ११:१३

हेटौंडा– हेटौंडामा देउसीभैलो खेलिरहेको समूहलाई प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

गएराती करिब ११ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीमा भएको घटनाबाट दुई जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । बसको ठक्करबाट हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ घर भएका ३४ वर्षीय प्रेम बहादुर सिंह ठकुरीको मृत्यु भएको छ ।

घाइते ८ जनामध्ये १ जना गम्भिर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । घाइते पाँच जनाको चुरेहिल अस्पताल र अन्य तीन जनाको चितवनमा उपचार भएको थियो । ७ जना घाइते डिस्चार्ज भइसकेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

नेवारपानीका स्थानीयले बसमा आगजनी गरेका छन् । बस जलेन नष्ट भएको छ । आगलागी निभाउन गएको हेटौंडा उपमहानगरपालिकाको दमकलमाथि पनि स्थानीयले तोडफोन गर्न खोजेका थिए ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको नेतृत्वमा भएको टोलीले भिडलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले स्थानीयमाथि लाठ्ठीचार्ज गरेको थियो । डिएसपी रिमाल सामान्य घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*