मन्त्री खतिवडाद्वारा समवेदना प्रकट

साझाकुरा
२०७८ कार्तिक २३, मंगलवार १२:५७

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्यसमेत रहनुभएका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेकाहुन् । अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो । मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ । (रासस)
–––

यसमा तपाइको मत

Your email address will not be published.


*