मउवा संघका निर्वाचित टोलीलाई सम्मान

साझाकुरा
२०७८ कार्तिक २४, बुधबार ०८:४६

हेटौंडा/लायन्स क्लव इन्टरनेसनल ३२५ बि २ नेपाल यरिया २ मकवानपुरले मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं समितिका सदस्यहरुलाई सम्मान गरेको छ । बुधबार क्लव एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित अध्यक्ष कृष्ण अग्रवालको टिमलाई खादा लगाई बधाई तथा सम्मान गरेको हो ।

लायन्स क्लव इन्टरनेष्नल ३२५ बि २ नेपाल यरिया—२ को यरिया को—चिफ किशोर टण्डनको सभाध्यक्षता तथा लायन्स क्लव इन्टरनेष्नल ३२५ बि २ नेपालका पुर्व गर्भनर तथा पिएमसिसि रमेश अग्रवालको प्रमुख आथित्यता, पूर्व गर्भनर एम.जे.एफ. शम्भु नकर्मीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष कृष्ण अग्रवालले विगत देखि मकवानपुरमा लायन्स क्लवले गरेका कार्य समाजको लागि महत्वपुर्ण रहेको बताए । लायन्स क्लव अफ हेटौँडा भुटनदेवी सेन्टिनियलकी अध्यक्ष मिनु अग्रवालको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेष्नल ३२५ बि २ नेपाल डिस्ट्रिक एक्जुकेटिभ चिफ तासिडोल्मा तुङबाहाङंफे, डिएन अग्रवाल, सुकृतराज पराजुली, यरिया चिफ वासु तिमल्सिना, गौरी चिमरिया लगायत लायन्स क्लब तथा लियो क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*