१ सय २२ केजी गाँजासहित एक पक्राउ

साझाकुरा
२०७८ कार्तिक २५, बिहीबार ११:१२

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीले १ सय २२ किलो लागूऔषध गाँजासहित जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाका एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान पौने ६ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–९ जयसिंह सडक खण्डमा शंकास्पद रुपमा बसिरहेका ४२ बर्षीय नरबहादुर मुक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

शंकास्पद् स्थितिमा भेटिएका मुक्तानलाई सोधपुछ गर्दा लागुऔषध गाँजा १ सय २२ किलो फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल बताए । पक्राउ परेका मुक्तानलाई उक्त गाँजासहित नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता रिमालले
बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*