कांग्रेस क्षेत्रीय सभापतिमा गोपालीको उमेदवारी घोषणा

साझाकुरा
२०७८ कार्तिक २५, बिहीबार ११:३१

हेटौंडा/थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपालीले नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को सभापतिमा उमेदवारी दिएका छन् । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा (क)को सभापतिमा गोपालीले उमेदवारी दिएका हुन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका निम्ति आफ्नो क्षेत्रीय सभापतिमा उमेदवारी रहेको गोपालीले बताए ।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेशसभा अधिवेशनमा मेरो उमेदवारी परेको छ । मेरो नेतृत्वमा यस क्षेत्रमा कांग्रेस बलियो बनाउनु एकमात्र उद्देश्य
हुनेछ ।,’ गोपालीले भने । गोपालीले थाहा नगर–पालिकामा आफ्नो कार्यकाल सफलता पूर्वक काम गरेको र अब पार्टी संगठन निर्माणमा लाग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*