विपन्न बालबालिकालाई न्यानो कपडा
हेटौंडा/मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाका विपन्न बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ ।सैनिक श्रीमती संघले गाउँमै पुगेर विद्यार्थीलाई जाडोयाममा विद्यालय जाँदा आवश्यक पर्ने न्यानोकपडा उपलब्ध गराएको हो । कैलाश गाउँपालिका वडा नम्बर ७ का विभिन्न विद्यालयमा अध्ययनरत २ सय ६० जना छात्रछात्रालाई न्याना ेकपडासहितका सामग्री वितरण गरिएको हो । चेपाङ, तामाङ र दलित समुदायका बालबालिकालाई ट्रयाक, ट्राउजर, टिसर्ट, जुत्ता, झोला तथा कापीकलम प्रदान गरिएको हो ।
संघको बार्षिकोत्सवको अवसरमा कैलाश गाउँपालिका–८ कोपिला प्रसुति केन्द्रको सेवा क्षेत्रभित्र रहेका बालबालिका विपन्न भएकाले पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले न्यानोकपडा वितरण गरिएको पुरानो गोरख गणका प्रमुख सेनानी राजेश थापाले जानकारी दिए । सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माको अगुवाईमा सहयोग प्रदान गरिएको हो ।कैलाश गाउँपालिकामा सैनिक श्रीमती संघले केही महिनाअघि प्रसुति केन्द्र स्थापना गरेको थियो ।
विकट गाउँका महिलाहरुले गर्भवती सेवा लिन मनहरी आउनु पर्ने बाध्यता प्रसुति केन्द्र स्थापना भएपछि हटेको थियो । प्रसुति केन्द्रबाट चालू आव २०७८÷०७९ कार्तिक तेस्रो सातासम्म १० जना महिला सुत्केरी भएको जनाइएको छ । सामग्री वितरण कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, कैलाश–८ का वडाध्यक्ष सूर्जबहादुर थिङ, वडा सदस्य मीना बललगायतको उपस्थित थियो ।







