राष्ट्रिय अभियान सफल बनाउन आग्रह

साझाकुरा
२०७८ कार्तिक २५, बिहीबार १२:२२

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका
छन् । उनले जारी गरेको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ ।
–––

यसमा तपाइको मत

Your email address will not be published.


*