फुटबल संघका सदस्य टोनीको निधन
हेटौंडा/मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्यसमेत रहेका एफसी पोतला क्लबका उपाध्यक्ष बिमल श्रेष्ठ (टोनी)को निधन भएको छ ।भारतको सिक्किम भ्रमणमा रहेका श्रेष्ठ बिहीबार बिहान अचेत अवस्थामा भेटिएका थिए । उपचारको लागि अस्पताल लगेपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । श्रेष्ठ हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका लेखापालका रुपमा कार्यरत थिए ।
यसैबीच, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले सदस्य क्षेष्ठको निधनमा दुःख व्यक्त गरेका छन् । श्रेष्ठ शिक्षा क्षेत्रसँगै खेलकुद, टोल विकास संस्था, नेकपा माओवादी केन्द्रलगायत क्षेत्रमा सक्रिय थिए । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत हेटौंडाका युवाहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । विद्यालयका शिक्षक मधु आचार्यका अनुसार शिक्षकको टोली भ्रमणमा गएको थियो ।बिहीबारनै श्रेष्ठको शव हेटौंडा ल्याइएको आचार्यले जानकारी दिए ।







