मन्त्रालयको गाडी भीमफेदीमा दुर्घटना

साझाकुरा
२०७८ कार्तिक २७, शनिबार ०८:०२

हेटौंडा/काठमाडौबाट हेटौंडा आउँदै गरेको सरकारी गाडी मकवानपुरको भीमफेदीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ८ः३० बजे संघीय सरकार स्वास्थ्य मन्त्रालयको बा २ झ ४३४२ नम्बरको गाडी भीमफेदीस्थित चिसापानी पुल नजिकै दुर्घटनामा भएको हो ।सडकबाट अन्दाजी १५ फिट तल खसेको गाडीमा सवार ३ जना घाइते भएका छन् । उक्त सवारी साधन आफै अनियन्त्रित भइ दुर्घटना भएको र घाइते ३ जनाकै अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीन जना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*