केन्द्रबाट बर्खास्त भए न्यौपाने

साझाकुरा
२०७८ कार्तिक २७, शनिबार ०८:०७

हेटौंडा/नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेलाई केन्द्रले बर्खास्त गर्दै लालबहादुर थापालाई सभापति चयन गरेका छन्। थापा रेडक्रस मकवानपुरका उपसभापति थिए । थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरी तदर्थ समिति निर्माण गरिएको हो । थापा सभापति भएसँगै दुई दशकबाट न्यौपानेको नेतृत्वमा रहेको रेडक्रसले नयाँ नेतृत्व पाएको छ । तदर्थ समितिको उप– सभापतिमा खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन भएका छन् । शाखाको मन्त्रीमा पिताम्बर बास्तोला, कोषाध्यक्षमा यशोदा श्रेष्ठ, उपमन्त्रीमा सानु थापा, उपकोषाध्यक्षमा हरिकृष्ण कार्की चयन भएका छन् । शाखा सदस्यहरुमा कमल बिष्ट, कृष्णप्रसाद चौलागार्इं, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*