त्रिखण्डेश्वरमा हरिबोधनी एकादशी मेलाको तयारी तीब्र

साझाकुरा
२०७८ कार्तिक २७, शनिबार ०८:१९

हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका–१ मा अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी तीब्र बनाइएको छ ।
हरेक वर्षझैं यसवर्ष कार्तिक २९ गते परेको हरिवोधनी एकादशीको दिनमा त्रिखण्डेश्वरमा लाग्ने मेलालाई व्यवस्थित, मर्यादित र भक्तजनका लागि सहज बनाउन विभिन्न तयारी अघि बढाइएको हो ।

त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने मेला जिल्लाकै सवैभन्दा ठूलोमध्ये एक हो । ‘मेलाको तयारी तीब्ररुपमा भइरहेको छ । अब हामी तयारीको अन्तिम चरणमा छौं’, मन्दिरका सेवक लक्ष्मण दाहालका अनुसार यसवर्ष स्थानीयको सक्रियतामा समिति नै बनाएर मेलाको तयारी भइरहेको छ । अघिल्लो वर्षहरुमा स्थानीयको सहयोगमा मन्दिरकै अग्रसरतामा मेला आयोजना हुँदै आएको यसवर्ष स्थानीयकै संयोजकत्वमा समिति बनाएर मेलाको तयारी गरिएको हो । हालसम्म बगर सम्याउने र त्रिखण्डी स्थित खोला पारिको मन्दिरमा जानका लागि फलामको अस्थायी पुल बनाइएको छ ।

मन्दिर क्षेत्र सरसफाइमा नेपाली सेनाले सहयोग गरेका छन् । ‘मन्दिर क्षेत्रमा रंगगर्ने काम भइसकेको छ । अब सरसफाइको काम पनि लगभग सकियो’, सेवक तथा मेला सञ्चालन समिति सचिवसमेत रहेका दाहालका अनुसार मन्दिर क्षेत्रमा उक्त दिन मदिरा तथा मासुजन्य खानेकुरा बिक्री वितरणमा समेत रोक लगाइएको छ । मेलाको आवश्यक तयारीको क्रममा स्थानीय प्रशासन र प्रहरीसँग आवश्यक सहयोग माग भइसकेको छ । ‘मदिरा बिक्री बितरणले गर्दा अनावश्यक झगडा हुने सम्भावना भएकाले रोकेका हौं ।’ हरिवोधनी तथा ठूलो एकादशीको दिनमा हेटौंडा बजार क्षेत्रमा समेत माछामासु व्यवसायी संघले माछामासु विक्री वितरण गर्दैनन् ।

मेलालाई व्यवस्थित बनाउन तयारी समिति गठन आगामी सोमबार हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा हजारौं भक्तजन र व्रतालुको घुर्इँचो रहुने हुँदा जात्रा÷ मेला व्यवस्थापन समिति अध्यक्ष शंकर लामा, सचिव सेवक लक्ष्मण दाहाल, अनुगमन तथा सहजीकरण संयोजक गोपाल कार्की र अन्य सदस्यलगायत गठन भएको सचिव दाहालले बताए । जात्राका लागि मन्दिर रंगरोगन गरी सरसफाइ र पुल निर्माणको तयारी गरिँदैछ । एकादशीमा धार्मिक सहिष्णुता, मौलिक धर्मको परिचय, पहिचान शिव मन्दिरपरिसरमा ठूलो एकादशीको मेला हुने हुँदा पुण्य पवित्रको दिन जात्रा मेला अवधिमा माछामासु, अण्डा र रक्सी बिक्री बितरण निषेध गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*