ज्येष्ठ नागरिक शेयर सदस्यलाई हर्लिक्स्
हेटौंडा/हेटौंडा–९ स्थित पशुपतिनगरमा संचालित मकवानपुरको अग्रज सहकारी संस्था नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा बृद्ध सदस्यलाई हर्लिक्स् वितरणसँगै सम्मान गरिएको छ । सहकारीमा लामो समयदेखि शेयर सदस्य रहँदै आएका ज्येष्ठ नागरिकलाईहर्लिक्स् उपहार दिँदै सम्मान गरिएको हो । सहकारीले सभामा बृद्धभत्ता प्राप्त गर्ने सिताराम पराजुली, नारायण सिं डंगोल, अमर सिं विसेन, पुष्पराज दाहाल र प्रसाद सुवेदीलाई नगद ६ हजारसहित सम्मान गरेको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्य शारदा कार्की, केबलराम उपाध्याय र बुधमाया मिश्र नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा साधारणसभा भएको हो । ५ करोड ९ लाख ७४ हजार ५ सय शेयरपुजीँ रहेको सहकारीले २० करोड ३६ लाख २६ हजार ५०५ रुपैयाँ आफ्ना शेयर सदस्यलाई ऋण प्रवाह गरेको छ । १ हजार ८ सय ३३ जना शेयर सदस्यहरुले संस्थामा २४ करोड ८ लाख ११ हजार ५५ रुपैयाँ बचत निक्षेप जम्मा गरेका छन् । सभामा एसइईमा उत्कृष्ट जिपिए ल्याउने आर्दश न्यौपाने र ओम अग्रवाल र कृतज्ञ नेपाललाई पुरस्कृत गरिएको थियो ।
यसैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, असल बचतकर्ता माधव अधिकारी, असल मासिक बचतकर्ता विनिता महर्जन, असल ऋणी सुर्यबहादुर लामा, खुत्रुके बचतकर्ता तप्सी परियार उत्कृष्ट बचत समूह मनकामना कल्याण कोष, उत्कृष्ट कारोबार गर्ने संचालक टिकाप्रसाद भट्टराईलगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
संस्थाबाट सम्पूर्ण निर्माण सामाग्री प्रयोग गरी घर निर्माण गर्ने शेयर सदस्यलाई समेत सम्मान गरिएको थियो । बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तानको विषेश अतिथ्यतामा भएको सभामा वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, संस्थाका संस्थापक अध्यक्ष भोलाप्रसाद शर्मा खरेल, मउवा संघका उपाध्यक्ष राजु अधिकारी, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, साइराम साकोसका अध्यक्ष राजेन्द्र पौडेल, संस्थाका सल्लाहकार नवराज अर्याल, बिजेन्द्र अग्रवाल, प्रकाश पौडेल, निरञ्जन ढकाल, प्रगती माविका अध्यक्ष प्रदीप पराजुलीलगायतको आतिथ्यता रहेको थियो ।







