‘सरकारमा गफ गर्न आएका होइनौं’
हेटौंडा/नेकपा (एकिकृत समाजवादी)का स्थायी समिति सदस्य एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले आफुहरु गफ गर्न सरकारमा नआएको दाबी गरेका छन् । मकवानपुरको इन्द्रसरोबर गाँउपालिकामा आइतबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘हामी गफका लागि आएका होइनौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौं, जुन काम सुरु समेत भइसकेको छ ।’ मन्त्री खतिवडाले प्रत्येक वडामा आधारभुत स्वास्थ्य चौकी र हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहज रुपमा पहुँच दिने गरी सरकारले योजना बनाइरहेको समेत बताए ।
‘विगतको सरकारले बजेट, डिपीआर र अस्पताल कहाँ बनाउने भनेर जग्गाकै सुनिश्चीत नहुँदा समेत एकै दिन सबै पालिकामा अस्पताल शिलान्यास भनेर प्रपोगान्डा गरेको थियो, हामी चाँही जहाँ जहाँबाट यि तिन कुराको सुनिश्चितता सहित आवेदन आँउछ, त्यहाँ तत्काल पैसा पठाएर अस्पताल निर्माण सुरु गछौं ।’ मन्त्री खतिवडाले भने ।
कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बललगायतको आतिथ्यता रहेको थियो ।







