बिरोधमा प्रम देउवाको पुत्ला दहन
हेटौंडा÷नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको आइतबार पुत्ला दहन गरेको छ । नेपाल आयल निगमले इन्धनमा मूल्य बढाएको विरोधमा अनेरास्ववियूले आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट आगाडि प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।
सरकारको स्वामित्वमा रहेको निगमले सरकारको निर्देशनमा इन्धनको मूल्य वृद्धि गरेको विरोधमा पुत्ला दहन गरेको अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस संयोजक आशिष कुमार रौनियारले बताए । यसैगरी निगमको कदमको विरोधमा अनेरास्ववियूले शनिबार हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको थियो । नेपाल आयल निगमले हालै इन्धनको मूल्य बढाएको विरोधमा हेटौंडामा मसाल जुलुस सहित विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले नेपाल आयल निगमले इन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा हेटौंडामा मसाल जुलुस प्रदर्शन गर्दै विरोध गरेको हो ।
शनिबार साँझ हेटौंडा–५ मा रहेको नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयबाट मसाल सहित निस्किएको जुलुस हेटौंडाको मुख्यचोक बुद्धचोकमा आएर कोणसभा परिणत भएको थियो । जुलुसमा विद्यार्थीहरुले ‘इन्धनमा बढाएको मूल्य तुरुन्त फिर्ता गर’ ,भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएको थिए ।







