थाहाका ठकुरी चन्द्रागिरीमा पक्राउ

साझाकुरा
२०७८ कार्तिक ३०, मंगलवार १३:३६

हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–८ बस्ने ३५ बर्षिय अरुणसिंह ठकुरी काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुड्डाबाट पक्राउ परेका छन् ।
लागूऔषध गाँजासहित प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलोसहित ठकुरीलाई पक्राउ गरेको जनाएको छ । ठकुरीलाई महानगरीय प्रहरी प्रभाग नागढुड्डाबाट खटिएको प्रहरीले उक्त परिणामको गाँजासहित सोमबार बिहान पक्राउ गरेको हो ।

सोमबार त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९४७ नम्बरको बसलाई नागढुड्डास्थित चेक प्वाईन्टमा चेकजाँच गर्दा बसमा सवार ठकुरीको साथबाट सो परिणामको गाँजा बरामद भएको र निजलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुड्डाले जनाएको छ । पछिल्लो समय प्रहरीले लागूऔषधसहित पक्राउ गर्नेको संख्या बढेको छ । विशेषगरी मकवानपुरका युवा पक्राउ पर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*