तिरतिरेमा सार्वजनिक शौचालय

साझाकुरा
२०७८ मंसिर ३, शुक्रबार ०९:१०

हेटौंडा÷हेटौंडाको उत्तरी प्रवेशद्वार चौकीटोलस्थित तिरतिरे धारामा सार्वजनिक शौचालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगर–पालिकाको सहयोगमा स्थानीय मितेरी टोल विकास संस्थाले हेटौंडा–२ मा रहेको तिरतिरे धारामा सार्वजनिक शौचालय निर्माण गरेको हो । तिरतिरे धारा हेटौंडाका लागि प्रख्यात स्थान हो । बाह्रै महिना स्वच्छ खानेपानी आउने तिरतिरे धारा यात्रुहरुका लागि उपयोगी बन्दै आएको छ । प्रतिक्षालय समेत रहेको तिरतिरे धारामा यात्राको क्रममा शौच गर्न चाहनेले अब सार्वजनिक शौचालय प्रयोग गर्न पाउने छन् ।

मर्निङवाक गर्ने स्थानीयहरुलाई पनि शौचालयले सुविधा प्रदान गर्ने टोल विकासले जनाएको छ । विगतमा तिरतिरे क्षेत्रमा सार्वजनिक रुपमा दिसापिसाव गर्नका लागि समस्या थियो ।मितेरी टोल विकास संस्थाले तिरतिरे धारालाईपनि थप व्यवस्थित बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*