अब्बलडाँडा टोल विकासको साधारणसभा सकियो

साझाकुरा
२०७८ मंसिर ५, आईतवार ०९:५३

हेटौंडा÷हेटौंडा उपमहानगरपालिका–५ मा अवस्थित अब्बलडाँडा शान्तिपथ टोल विकास संस्थाको २० औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
५ नम्बर वडामा सक्रिय अब्बलडाँडा शान्तिपथ टोल विकासको साधारणसभा ५ नम्बर वडाका वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष अभिमन्यू गौतमको सभाध्यक्षता भएको हो । सभामा संस्थाका उपाध्यक्ष नन्दुप्रसाद घिमिरेले आगामी कार्ययोजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष कल्पना ढुंगेलले ८१ लाख ५१ हजार ६ सय ३८ बराबरको आर्थिक कारोबारको प्रतिवेदन पेश गरेका थिए । संस्थाले उत्कृष्ठ ऋणी, ज्येष्ठ सदस्य र एसइईमा उत्कृष्ट भएका विद्यार्थी सम्मान गरेको थियो । ज्येष्ठ नागरिक कलाधर तिमल्सिना र विष्णुमाया ढुंगेललाई संस्थाले सम्मान गरेको हो ।  संस्थापक अध्यक्ष सरस्वती दाहाललाई पनि सम्मान गरिएको थियो । एसइईमा उत्कृष्ट जीपिए ल्याउन सफल अप्सन पराजुली, निषा गौतम, गौरी केसी, साकार ढुंगेल र आर्यन पराजुलीलाई पुरस्कृत गरिएको संस्थाकी कार्यसमिति सदस्य रजनी पौडेलले जानकारी दिइन् । साधारणसभामा ढुंगेधारा टोविसका अध्यक्ष पद्म बजगाईं, सानोपोखरा टोविसका अध्यक्ष उर्मिला थापा, संस्थाका लेखा संयोजक भूमिनन्द गौतम, जिएस निकेतनका प्रधानाध्यापक इश्वर लामिछाने, समता स्कुलकी प्रधानाध्यापक प्रिती चौधरीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*