दुबईमा तेस्रो अन्तर्राष्ट्रिय समाजिक अवार्ड हुने
हेटौंडा÷क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा दुबईमा तेस्रो अन्तर्राष्ट्रिय सामाजिक अर्वाड हुने भएको छ । कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तर्राष्ट्रिय अर्वाड पाउने छन् । यसअघि सन्देश इन्टरनेशनल अर्वाड नाम गरिएको अर्वाडको नाम परिवर्तन गरी तेस्रो अन्तर्राष्ट्रिय सामाजिक अर्वाड बनाइएको आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्देश्यले अर्वाडको नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । मंसिर २८ गते अर्थात १४ डिसेम्बर २०२१ देखि २०७८ पुस ३ अर्थात १८ डिसेम्बर २०२१ सम्म दुबई भ्रमण र अर्वाड कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइएको छ । मुख्य कार्यक्रम भने २०७८ पुस ०२ गते अर्थात् १७ डिसेम्बर २०२१ दिन दुबईमा हुने बताइएको छ ।
कार्यक्रमपछि दुबईको महत्वपूर्ण ठाँउहरुको भ्रमण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा दुबइको विकास र नेपालले सिक्नुपर्ने बिषयमा महत्वपुर्ण अन्तक्र्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र ‘देश फर्किउ, देश बनाऔं’ सन्देशमुलक डकुमेन्ट्री प्रदर्शनगरिने बताइएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरुले यही मंसिर १० गतेभित्र आवश्यक डकुमेन्ट दिनुपर्ने अध्यक्ष खड्काले बताए ।







