मिडियाकर्मीलाई कर शिक्षा सम्बन्धी प्रशिक्षण

साझाकुरा
२०७८ मंसिर ७, मंगलवार १०:५८

हेटौंडा–मकवानपुरको मिडिया हाउसमा कार्यरत लेखा राख्ने कर्मचारीहरुका लागि कर शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र आन्तरिक राजश्व कार्यालय हेटौंडाको संयुक्त आयोजनामा सोमबार एक दिवशीए प्रशिक्षण गरिएको हो ।

स्वच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धी भन्ने नाराका साथ मनाइरहेको दशौँ राष्ट्रिय कर दिबसको सप्ताहब्यापी कार्यकमअन्तर्गत सोमबार कर शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी मिडियाकर्मीहरुलाई आन्तरिक राजश्व कार्यालय हेटौडाका कर अधिकृत सुमन बुढाथोकीले सहजीकरण गरेका थिए ।

कार्यालयका निमित्त प्रमुख कर अधिकृत मनिस कुमार महतोले संचार गृहका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य
रेवतीप्रसाद तिमल्सिनाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*