हेटौंडामा महिन्द्राको ट्रियो अटो सार्वजनिक

साझाकुरा
२०७८ मंसिर ९, बिहीबार ०९:२६

हेटौंडा÷बुधबार हेटौंडामा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स् (इभी)को आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडामा पनि ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । ट्रियो अटोका लागि हेटौंडा–१ चौकीटोलस्थित सेन्ट्रल अटो जोन प्रालिले बिक्री गर्ने छ । अटोको मूल्य ८ ला ४० हजार तोकिएको छ ।

अटो भारतको बेंगलुरु स्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । ट्रियोसँग ग्राहकले पेट्रोल प्रयोग नहुँदा वार्षिक दुई लाख बचत गर्नसक्ने जनाइएको छ । सेन्ट्रल अटो जोन प्रा.लिका अध्यक्ष राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । आयोजित सार्वजनिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सबिन न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सार्वजनिक यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो मानिएको छ । २ हजार ७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*