२ हजार ७ सय फरार अभियुक्त पक्राउ

साझाकुरा
२०७८ मंसिर ९, बिहीबार ०९:३०

हेटौंडा÷मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भएका २ हजार ७ सय १५ कैदी फरार सूचीमा रहेका छन् । अदालतका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भइ कैद सजाय र जरिवाना तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार सूची रहेका हुन् । अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले फरार सूचीमा रहेकामध्ये ६३ जना विदेशी (भारतीय) नागरिक र २ हजार ६ सय ५३ जना नेपाली नागरिक रहेको जानकारी दिए ।

फरार अभियुक्तमध्ये बढीजसो लागूऔषध मुद्दाका रहेका छन् । दोषी ठहर गरे पनि फरार व्यक्तिको सूची अदालतले जिल्ला प्रहरी, प्रशासन र पालिकामा पठाएको छ । अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई सरकारी निकायबाट पाउने सेवासुविधा रोका गर्न अदालतले परिपत्र गरेको हो । गत वर्ष राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका ४ जनाको सेवासुविधा रोकेको थियो । जिल्ला प्रहरीले गत आर्थिक वर्ष ०७७÷७८ मा अदालतले दोषी ठहर गरेका तर फरार १ सय ५६ जनालाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*