हेटौंडामा लघु उद्यम उपज प्रदर्शनी

साझाकुरा
२०७८ मंसिर १०, शुक्रबार १२:५८

हेटौंडा÷हेटौंडामा हस्तकला तथा लघु उद्यम उपज प्रदर्शनी गरिएको छ । सातौ उद्योग दिवसका अवसरमा बिहीबार बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।

हेटौंडा–२ स्थित मन्त्रालयको प्राड्डणमा शुक्रबार एक दिनका लागि प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा ढाका, हातेहोजीयारी, टेष्टी अचार, हस्तकलाका सामान, मसला, डल, कुसन, फ्रेमहरु लगायतका १५ वटा स्टल राखिएको मन्त्रालयका अधिकृत सन्जिब सुवेदीले जानकारी दिए ।

बिशेषगरी हस्तकला तथा लघु उद्यम उपजका सामाग्रीको बजारीकरण गर्नका लागि प्रदर्शनी गरिएको मन्त्रालयले जनाएको छ । मकवानपुर महिला उद्यमी व्यावसायी संघमा आबद्ध महिलाहरुले उत्पादन गरेका सामान स्टलहरुमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*