चुनौती बन्दै लैंगिक हिंसा अन्त्य
हेटौंडा÷लैंगिक हिंसाविरुद्व १६ दिने अभियान बिहीबारबाट सुरु भएको छ । बर्षेनी अभियान संचालन गरिरहँदा हिंसा अन्त्य भने, थप चुनौतीपूर्ण बन्दै गइरहेको छ । महिला पुरुषबाट, र पुरुष पनि महिलाबाट हिंसामा पर्ने क्रम रोकिएको छ । अझ महिला घरभित्रै हिंसा भोग्न बाध्य छन् ।
यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको मुख्य नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भनिएको छ । घरभित्रका हिंसा रोक्न तय गरिएको नारा, नारामै सीमित राखेर कुनै फलदायी हुने अवस्था देखिँदैन । यो अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन मनाउने गरिन्छ ।
अभियानको पहिलो दिन हेटौंडा—४, स्कूलरोडबाट जनचेतनामूलक ¥यालीको आयोजना गरिएको छ । ¥यालीमा सहभागीहरुले ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’, महिला र किशोरीको सुरक्षा ग्यारेन्टी गर, मानव बेचबिखन अन्त्य गरौं, लैंगिक हिंसा सबालको आवाजलाई बुलन्द पारौं’ भन्दै नारा लगाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठले अभियानमा नाममात्रको नारा हुने बताइन् । १६ दिने अभियानमा सहभागीहरुबाट नै लैंगिक हिंसा अन्त्यका लागि भएका काम व्यवहारमा देखिनुपर्ने बताए । जनचेतनाको कमीले घरभित्रै हिंसा लुकाएर राख्ने गरिएकोमा अहिले अभियानकर्मी महिला तथा पुरुषहरुले नै गर्दा लैंगिक हिंसाविरुद्व आवाज उठ्ने गरेको उनको भनाइ थियो ।
नेपालमा विविध कारणले महिला हिंसा अत्यधिक बढ्दै गएको छ । पुरुषबाट मात्र नभई महिलाबाट नै महिला हिंसामा धेरै परेको अध्ययनहरुले देखाएको छ। लैंगिक हिंसा न्यूनीकरणका लागि विशेषगरी महिला हिंसा अन्त्य गर्न पुरुषको सार्थक सहभागिता अपरिहार्य हुन्छ ।
पुरुषलाई परिचालन गरी महिला हिंसा अन्त्य गर्न, अपांगता भएकाको अधिकार स्थापित गर्न, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिका लागि विभिन्न संघसंस्था क्रियाशील छन्।¥यालीका सहभागीहरुले म हिंसा गर्दिन, म हिंसा सहँदिन भन्ने नारामा समेत हस्ताक्षर गरेका छन् । १६ दिने अभियानमा दीप प्रज्वलन र महिला हिंसाविरुद्वको सचेतनाजस्ता कार्यक्रमहरु हुनेछन् ।
सामाजिक विकास मन्त्रालय, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्वको सञ्जाल र हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो । लैैंगिक हिंसाविरुद्व क्रियाशील संघसंस्थाहरुको समेत अभियानमा सहभागिता रहेको छ ।
३३ प्रतिशत महिला राजनीतिमा अनिवार्य सहभागिताको व्यवस्था गरेको भए पनि ३३ प्रतिशत सहभागिता नभएको उनले जानकारी दिइन् । सो अवसरमा बुद्वचोकमा जागरण महिला समूहद्वारा सडक नाटकसमेत प्रस्तुत गरिएको थियो । लैंगिक हिंसामा आधारित नाटकले महिलाद्वारा महिला नै हिंसामा परेको चित्रण गरिएको थियो ।
नाटकद्वारा चाँडै धन र सम्पत्ति कमाउने उद्देश्यले श्रीमतीले श्रीमान विदेश पठाउने गरेको र आफू परपुरुषसँग लाग्ने गरेको तथ्यलाई पनि सडक नाटकले उजागर गरेको थियो ।
किशोरी र महिलालाई लक्षित गरी नाटक प्रस्तुत गरिएको बताइएको छ । एउटा किशोरीले आफ्नो साथी किशोरीलाई सामाजिक सञ्जालमा परिचित पुरुषसँग प्रेममा परेपछि वास्ता नगर्ने चित्रण सडक नाटमा गरिएको थियो । वैदेशिक रोजगारका कारण पनि महिला हिंसा बृद्वि हुने गरेको छ ।







