कार्कीले पाइन् हराएको सुन
हेटौंडा-हेटौंडा–५ की सरस्वती कार्कीले हराएको सुन र नगद रकम फिर्ता पाएकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्कीको हराएको सुन र नगद रकम भेटिएपछि आइतबार फिर्ता गरेको हो । कार्कीले आफ् गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि घटनाबारे प्रारम्भिक अनुसन्धान र खोजी गर्दा फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको हो ।
कार्कीले घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागी ८ तोला सुनको गहना (छड्के तिलहरी, बाला, ब्रासलेट ,चन्द्रमा, आंैठी, झुम्का, मुन्द्रा, गरी १० थान) सुन, एटियम कार्ड र नगद १७ हजार रुपैयाँसमेत हराएको थियो ।
उनले रातो कपडाको झोलामा बाधेर घरमा रहेको डस्टविनमा राखि घरबाहिर गएको भोलीपल्ट बिहान करिब ८–३० बजे हेटौडा उपमहानगरपालिकाको को फोहोर संकलन गर्ने फोहोरसँगै फालेकोले खोजीका क्रममा फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।
तत्काल वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हराएको सुन, एटिएम कार्ड र नगद फेला पारी प्रहरी कार्यालयमा ल्याई बुझाइएको उनले बताए ।







