चेतनशीलको सार्वजनिक सुनुवाई
हेटोडा/हेटौडा–१७ चिसापानीमा रहेको चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाले आइतबार संस्थाको कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना
गरेको छ । विश्व बैंकको सहयोगमा दुग्धजन्य व्यवसाय स्वच्छ दुग्ध उत्पादनको लागि गाई भैसी प्रवर्धन कार्यक्रमको बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थालाई विश्व बैंकको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाईभष्टक सेक्टर ईनोभेसन आयोजना सहयोग इकाई हेटौंडाले ५० प्रतिशत बैंक तथा वित्तिय संस्थाले ३० प्रतिशत र लाभान्वित सहकारी संस्थाले २० प्रतिशत सहयोग गर्ने कार्यक्रममा जानकारी गराइएको थियो । यो आयोजना अन्तरगत १२ जना किसानहरुले ६० वटा होलस्टेन फ्रिजन तथा वर्णशंकर जातका गाई खरिद गर्नेछन् । योजना अन्तरगत कुल १ करोड ४५ लाख ११ हजा ४७४ रुपैयाँ खर्च हुनेछ ।
जसमा आयोजनाले ७२ लाख ५५ हजार ७३७ र बैंक तथा वित्तिय संस्थाले ४४ लाख ४६ लाख र लाभान्वित संस्थाले २८ लाख ९ हजार ७३७ खर्च गर्ने संस्थाका व्यवस्थापक दीपक ढकालले बताए । हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष महेश बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, आयोजनाका कर्मचारी दीपक बुढा, अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद नेपाल,नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष इन्द्रमणी गौतम, संस्थाका सल्लाहकार लोकनाथ चौलागाँई, कृष्ण प्रसाद घिमिरे, लेखा संयोजक रंगनाथ अधिकारी, शेयर सदस्य राजकुमार बास्तोलालगायतले आयोजनाबाट किसानहरुले लाभ लिनु पर्नेमा जोड दिएका थिए ।







