मउवा संघद्वारा एसपी गुरुङको स्वागत
हेटौंडा-मकवानपुरमा सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलाई मकवानपुर उद्योग बाणिज्य संघले आइतबार स्वागत गरेको छ । संघले आइतबार एक कार्यक्रम गरी एसपी गुरुङलाई स्वागत गरेको हो । संघका अध्यक्ष कृष्णकुमार गुप्ताले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाको बस्तुस्थिति, विगतमा जिल्ला प्रहरी कार्यालयसँग भएका सहकार्य, लागूपदार्थको नियन्त्रण, उद्योग÷ व्यवसाय क्षेत्रमा सुरक्षा, पार्किड्ड व्यवस्थापन, ट्राफिक व्यवस्थापनको लागि हेभी गाडी बाइपासबाट प्रयोग र फुटपाथ व्यवस्थापनको बारे अध्यक्ष गुप्ताले एसपी गुरुङलाई स्वागतसँगै जानकारी गराए ।
कार्यक्रममा सल्लाहकार अशोक शाक्य, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष राजु अधिकारी, कार्यसमिति सदस्यहरु दिवस पराजुली, तेजराज अधिकारी लगायतले शुभकामना मन्तव्य गरेका थिए । एसपी गुरुङले आफ्नो कार्य अवधिमा उद्योग वाणिज्य संघसँग सहकार्य गरिने, उद्योग÷व्यवसाय क्षेत्रको हितका साथसाथै विभिन्न सामाजिक गतिविधिहरुमा उद्योग वाणिज्य संघले काम गर्ने गरेको आफूले बुझेको, यातायात क्षेत्र र दुव्र्यसनी नियन्त्रणमा काम गर्न जरुरी रहेको बताए ।







